राजनीति
संसद्को गतिरोध अन्त्यका लागि विपक्षीसँगको छलफलमा रवि लामिछाने
बुधबार जेठ २७, २०८३/ Wednesday 06-10-26
काठमाडौँ । संघीय संसद्मा उत्पन्न गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी तथा अन्य दलका नेताहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित संसद् भवनमा भएको छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुसीलक्ष्मी ओलीलगायत नेताहरू सहभागी थिए ।
यसअघि विपक्षी दलहरू नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बैठक बसिरहेका बेला सभापति लामिछानेले उनीहरूलाई छलफलका लागि बोलाएका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा नेपालले भारतसँग सीमा मिचिएको विषयमा दिएको अभिव्यक्तिपछि विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया