बुधबार २७ जेठ २०८३
अर्थ

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

बुधबार जेठ २७, २०८३/ Wednesday 06-10-26

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । नेप्से परिसूचक २.५७ अंकले बढ्दै २७३६.१७ विन्दुमा पुगेको छ ।

कारोबारका क्रममा १२७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १३४ कम्पनीको मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज कुल चार अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ रुपैयाँ बराबरको कारोबार भएको छ । ९२ लाख ८३ हजार कित्ता सेयर ४९ हजार २४८ पटक किनबेच भएको नेप्सेले जनाएको छ ।

उच्च कारोबार गर्ने कम्पनीहरूको सूचीमा कालिन्चोक हाइड्रो, सोपान फर्मास्युटिकल्स, एपोलो हाइड्रो, सप्तकोसी विकास बैंक र बुंगल हाइड्रो रहेका छन् ।

समूहगत सूचकतर्फ लगानी, जीवन बिमा, माइक्रोफाइनान्स, निर्जीवन बिमा, व्यापार र अन्य समूहमा गिरावट देखिए पनि बाँकी समूहहरूमा भने सुधार आएको छ ।

 

तपाईको प्रतिक्रिया