काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य गिरावटसँगै बन्द भएको छ। दिनभर उतारचढाव देखिएको बजार अन्त्यमा करिब चार अंकले घटेर २७२४.०३ विन्दुमा पुगेको हो।
बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन्। कारोबार भएका कम्पनीमध्ये ९२ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको मूल्य घटेको छ। यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस दिन कुल ४ अर्ब ३४ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९८ लाख ५६ हजारभन्दा बढी कित्ता सेयर ५४ हजारभन्दा धेरै पटक किनबेच भएका छन्।
कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स, एपोलो हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम तथा हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।
क्षेत्रगत सूचकतर्फ म्युचुअल फन्ड, नन–लाइफ इन्स्योरेन्स, अदर तथा ट्रेडिङ समूहमा हरियाली देखिएको छ। तर बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, उत्पादन तथा अन्य अधिकांश समूहका सूचकहरू भने घटेका छन्, जसको प्रभाव समग्र बजारमा परेको देखिन्छ।
तपाईको प्रतिक्रिया