२७ सय विन्दुमा नेप्से, कारोबार रकम ३ अर्ब ४१ करोडमा सीमित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावटको क्रम बिहीबार पनि जारी रहँदा बजार २७०० विन्दुमा झरेर बन्द भएको छ। कारोबार दिनको अन्त्यमा नेप्से ५.०६ अंकले घट्दै २७००.४७ विन्दुमा पुगेको हो।
बजार समग्र रूपमा घटे पनि केही कम्पनीका सेयर मूल्यमा भने सुधार देखिएको छ। आज ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन।
कारोबार रकमका हिसाबले बिहीबार ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कुल ७७ लाख ४३ हजार ३० कित्ता सेयर ४१ हजार १०४ पटकको कारोबारमार्फत खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा एपोलो हाइड्रो, सोपान फर्मास्युटिकल्स, आत्मनिर्भर लघुवित्त, बुंगल हाइड्रो र भुजुङ हाइड्रोका लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गरेका छन्।
क्षेत्रगत सूचकतर्फ बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स, म्युचुअल फन्ड तथा व्यापार समूहमा हरियाली देखिएको छ। यद्यपि अन्य अधिकांश समूहका उपसूचक भने घटेका कारण समग्र बजार नकारात्मक रह्यो।
तपाईको प्रतिक्रिया