सोमबार १ असार २०८३
खेलकुद

मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

आइतबार जेठ ३१, २०८३/ Sunday 06-14-26

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन्।

अमेरिकाको न्यु जर्सीस्थित रंगशालामा आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले एक–एक गोल गर्दै अंक बाँडेका हुन्।

मोरक्कोले खेलको २१औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत अग्रता लिएको थियो। तर ब्राजिलले त्यसको ११ मिनेटपछि जवाफ फर्कायो। ३२औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

पहिलो हाफमा दुवै टोलीले एक–एक गोल गरे पनि दोस्रो हाफमा थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो।

विश्वकप इतिहासमा ब्राजिल र मोरक्कोबीच भएको यो दोस्रो भेट हो। यसै समूहको अर्को खेलमा हाइटी र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। उक्त खेल नेपाली समयअनुसार आज बिहान ६ः४५ बजे बोस्टनमा हुनेछ।

 

तपाईको प्रतिक्रिया