सोमबार १ असार २०८३
अर्थ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आइतबार जेठ ३१, २०८३/ Sunday 06-14-26

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर नयाँ मूल्य कायम भएको हो।

आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ प्रतितोला रहेको थियो। त्यस दिन पनि सुनको मूल्य एकैदिन ५ हजार ३ सय रुपैयाँले उकालो लागेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५५ रुपैयाँले महँगिएर ४ हजार ८९५ रुपैयाँ प्रतितोला पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया