सोमबार १ असार २०८३
अर्थ

असारमा पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, ७ बैंकले घटाउँदा १३ बैंकको स्थिर

आइतबार जेठ ३१, २०८३/ Sunday 06-14-26

काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। २० वाणिज्य बैंकमध्ये १३ बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ७ बैंकले मात्र ब्याजदर घटाएका छन्। कुनै पनि बैंकले भने ब्याजदर वृद्धि गरेका छैनन्।

व्यक्तिगत मुद्दती निक्षेपतर्फ हेर्दा दुई बैंकले अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल कायम गरेका छन्। बाँकी अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई कायम राखेका छन् भने केही बैंकले मात्र ब्याजदर घटाउने निर्णय गरेका छन्।

बजारमा पर्याप्त तरलता उपलब्ध हुनुका साथै निक्षेप संकलनका लागि बैंकहरूबीच प्रतिस्पर्धा कम भएकाले केही बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएको विश्लेषण गरिएको छ।

असार महिनाका लागि एनआईसी एसिया, एनएमबी, प्राइम, हिमालयन र स्ट्यान्डर्ड चार्टर्डलगायत केही बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। यता, ब्याजदर स्थिर राख्ने बैंकहरूले भने वर्तमान बजार अवस्था र वित्तीय परिस्थितिलाई ध्यानमा राख्दै तत्काल दर परिवर्तन आवश्यक नरहेको निष्कर्ष निकालेका छन्।

व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका निक्षेपमा अधिकांश बैंकहरूको जेठ र असार महिनाको ब्याजदर समान रहेको देखिएको छ।

तपाईको प्रतिक्रिया