प्रतिनिधिसभा बैठक बस्दै, आज विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको छ।
आजको बैठकमा युवा तथा रोजगार, उद्योग–वाणिज्य, कृषि, वन तथा वातावरण, सञ्चार, पर्यटन, शिक्षा, खेलकुद, स्वास्थ्य, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, साथै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षासम्बन्धी मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि सांसदहरूले धारणा राख्नेछन्।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) संसदमा प्रस्तुत गरेको थियो। बजेटमाथिको प्रारम्भिक छलफल यसअघि नै सम्पन्न भइसकेको छ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि दिइसकेका छन्।
अब मन्त्रालयगत बजेटमाथिको छलफलपछि विनियोजन विधेयकलाई पारित गर्ने प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया