समाज
टेम्पो भिरबाट खसालेको विषयमा प्रदेश सरकारले गर्याे छानबिन समिति गठन
सोमबार असार १, २०८३/ Monday 06-15-26
काठमाडौँ । कैलालीमा टेम्पो भिरबाट खसालिएको घटनाको सत्यतथ्य पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको नेतृत्वमा समिति गठन गरेको जनाएको छ।
समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा कानुन अधिकृत विजयराज ओझा सदस्यका रूपमा रहेका छन्।
घटनासम्बन्धी सम्पूर्ण तथ्य र परिस्थितिको अध्ययन गरी निष्पक्ष छानबिन गर्न समितिलाई जिम्मेवारी दिइएको छ। समितिलाई आवश्यक अनुसन्धान सम्पन्न गरी सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेशसमेत दिइएको मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया