मंगलबार २ असार २०८३
अर्थ

सुनको मूल्य तोलामा पाँच हजार बढ्यो

सोमबार असार १, २०८३/ Monday 06-15-26

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुन तथा चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको हो।

आइतबार प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार बढेर २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको छ। यससँगै सुनको मूल्य पुनः नयाँ उचाइतर्फ उन्मुख भएको देखिएको छ।

चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १२० रुपैयाँले वृद्धि हुँदै चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रति १० ग्राम २ लाख ५५ हजार ६ सय ६० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रति १० ग्राम ४ हजार २ सय ९९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

तपाईको प्रतिक्रिया