काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी नीति तथा कार्यक्रम नगर सभाबाट पारित भएको छ। राष्ट्रियसभा गृहमा सोमबार बसेको नगर सभाको १९औँ अधिवेशनले कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा प्रस्तुत नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।
जेठ ३१ गते बसेको पहिलो बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले महानगरको दीर्घकालीन सोच, लक्ष्य र योजनालाई निरन्तरता दिने नीति प्रस्तुत गरेकी थिइन्। उनले चालु आर्थिक वर्ष २०८२/८३ मा पूरा हुन नसकेका बहुवर्षीय कार्यक्रमलाई समेत समेट्ने गरी नीति तयार गरिएको जानकारी दिएकी थिइन्।
महानगरले यस वर्षको नीति तथा कार्यक्रममा ११ वटा क्षेत्र समेट्दै १०१ बुँदामा योजना तथा प्राथमिकता निर्धारण गरेको छ।
तपाईको प्रतिक्रिया