मंगलबार २ असार २०८३
अर्थ

मधेस सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट

सोमबार असार १, २०८३/ Monday 06-15-26

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले कुल ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्।

चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेशले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो। त्यसको तुलनामा यस वर्षको बजेट केही घटेको देखिन्छ।

आगामी बजेटमा चालु खर्चतर्फ १४ अर्ब ६६ करोड रुपैयाँ (३५.९४ प्रतिशत) र पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड रुपैयाँ (६४.३६ प्रतिशत) विनियोजन गरिएको छ। पुँजीगत खर्चलाई प्राथमिकता दिइएको अर्थ मन्त्रालयले जनाएको छ।

बजेट स्रोतका रूपमा आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ र वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ जुटाइने अनुमान गरिएको छ। साथै, गत वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ उपयोग गरिने पनि उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया