प्रधानमन्त्रीको तर्फबाट संसद्मा अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्।
प्रधानमन्त्री शाहले हाल रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका छन्। सो मन्त्रालयको बजेटमाथि सांसदहरूले गरेको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने भए पनि संसद्मा उनको प्रतिनिधित्व गर्दै अर्थमन्त्री वाग्ले उपस्थित हुने भएका हुन्।
रक्षा मन्त्रालयसँगै प्रधानमन्त्री मातहत रहेका अन्य मन्त्रालयहरूको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री वाग्लेले नै दिने कार्यसूची तय गरिएको छ।
यसैबीच, अर्थमन्त्री वाग्लेले आफ्नो मन्त्रालय अर्थात् अर्थ मन्त्रालयसँग सम्बन्धित विनियोजनमाथि उठेका प्रश्नहरूको जवाफ पनि आजै प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
संसद्मा बजेटमाथिको छलफल अन्तिम चरणमा पुगेका बेला विभिन्न मन्त्रालयका खर्च तथा कार्यक्रमबारे सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ।
तपाईको प्रतिक्रिया