विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित: स्वीडेन ५–१ ले पराजित
काठमाडौँ । कोडी गाक्पो र ब्रायन ब्रोबीको उत्कृष्ट प्रदर्शनमा नेदरल्यान्ड्सले फिफा विश्वकप २०२६ अन्तर्गत स्वीडेनलाई ५–१ ले पराजित गरेको छ।
ह्युस्टनमा शनिबार राति भएको खेलमा ब्रोबीले दुई तथा गाक्पोले पनि दुई गोल गरेपछि डच टोलीले प्रभावशाली जित हात पारेको हो। जितसँगै नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ र नकआउट चरण नजिक पुगेको छ।
पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्सले दुई खेलबाट ४ अंक जोडेको छ। स्वीडेनको ३ अंक, जापानको १ अंक र ट्युनिसियाको अंकविहीन रहेको छ।
ब्रोबीले खेलको ५औँ र १७औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि दोस्रो हाफको सुरुवातमा गाक्पोले दुई गोल थपे। स्वीडेनका लागि एन्थोनी एलाङ्गाले एक गोल फर्काए पनि अन्त्यतिर क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सको ५–१ को शानदार जित सुनिश्चित गरे।
स्वीडेनले केही अवसर सिर्जना गरे पनि डच गोलकिपरको उत्कृष्ट बचाउ र कमजोर फिनिसिङका कारण गोल थप्न सकेन। स्टार स्ट्राइकर अलेक्ज्याण्डर इसाक र भिक्टर ग्योकेरेस पनि प्रभाव जमाउन असफल रहे।
तपाईको प्रतिक्रिया