आइतबार ७ असार २०८३
समाज

बाजुरामा बस दुर्घटना, २४ यात्रु घाइते

आइतबार असार ७, २०८३/ Sunday 06-21-26

काठमाडौँ।। बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार पवनदूत यातायातको सुपप्र ०२–००१ ख १३५५ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा सवार ३५ यात्रुमध्ये २४ जना घाइते भएका छन्।

घाइतेमध्ये २३ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल पठाइएको छ।

प्रारम्भिक अनुसन्धानमा बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

 

तपाईको प्रतिक्रिया