चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा औपचारिक रूपमा सुरू भएको छ।
महाधिवेशनको उद्घाटन समारोहमा रास्वपाका सभापति रवि लामिछानेसहित पार्टीका शीर्ष नेताहरू, संघीय सरकारका अधिकांश मन्त्री तथा देशका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
कार्यक्रममा प्रधानमन्त्री बालेन शाह पनि सहभागी भएका छन्। उनी रास्वपाका वरिष्ठ नेतासमेत हुन्।
महाधिवेशन उद्घाटन समारोहलाई थप विशेष बनाउन रास्वपाले अन्य राजनीतिक दलका नेताहरूलाई समेत आमन्त्रण गरेको छ। सो अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन्।
यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पनि महाधिवेशनमा उपस्थिति रहेको छ।
रास्वपाको प्रथम महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना तथा आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया