काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन आजबाट सुरु भएको छ । अहिले भरतपुरमा रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र जारी छ ।
उद्घाटन सत्रमा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायतका शीर्ष नेता, प्रतिनिधि एवं शुभेच्छुकहरू सहभागी भएका छन् ।
पार्टीको निमन्त्रणा स्वीकार गर्दै अन्य दलहरूबाट पनि प्रतिनिधि पुगेका छन् ।
यद्यपि रास्वपाकै नेता डा. अमरेशकुमार सिंह भने महाधिवेशनमा सहभागी भएका छैनन् । उनी उद्घाटन सत्रमा देखिएका छैनन् ।
रास्वपाबाटै सांसद समेत बनेका सिंह पछिल्लो समय पार्टीमा असन्तुष्टी राख्नेमध्येका नेता हुन् । उनले पछिल्लो पटक हिमालय टेलिभिजनको अन्तर्वार्ताका क्रममा सरकारको खुलेर आलोचना गरेका थिए ।
तपाईको प्रतिक्रिया