आइतबार ७ असार २०८३
राजनीति

रास्वपा महाधिवेशनमा: गुटको राजनीति नगर्न बालेनको आग्रह

आइतबार असार ७, २०८३/ Sunday 06-21-26

चितवन।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा रास्वपा नेता बालेनले पार्टीभित्र गुटबन्दीको राजनीति नगर्न स्पष्ट आग्रह गरेका छन्।

उनले संगठनलाई कमजोर बनाउने कुनै पनि प्रकारको गुट निर्माण अस्वीकार्य हुने भन्दै एकता र संस्थागत मजबुतीमा ध्यान दिनुपर्नेमा जोड दिए। शाहले पार्टीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर दीर्घकालीन, सुदृढ र संस्थागत राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

सम्बोधनका क्रममा उनले नयाँ पुस्ताको देश परिवर्तन गर्ने आकांक्षा र ऊर्जा नै नयाँ राजनीतिक शक्तिको उदयको मुख्य आधार भएको उल्लेख गरे। उनले रास्वपालाई तत्कालीन लाभभन्दा बढी दीर्घकालीन लक्ष्यसहित अघि बढाउनुपर्ने बताए।

शाहले महाधिवेशनले पार्टीलाई अझ संगठित र बलियो बनाउने विश्वास व्यक्त गर्दै जनताको अपेक्षा पूरा गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याए। साथै, देशको समृद्धि र परिवर्तनको अभियानलाई कुनै पनि हालतमा रोक्न नसकिने दाबी गर्दै रास्वपालाई लक्ष्यउन्मुख रूपमा अघि बढाइने बताए।

 

तपाईको प्रतिक्रिया