काठमाडौं । नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवै धातुको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ५ रुपैयाँ घटेसँगै चाँदी बुधबार ४ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।
तपाईको प्रतिक्रिया