राजनीति
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित
बुधबार असार १०, २०८३/ Wednesday 06-24-26
काठमाडौं । प्रतिनिधिसभाको बैठक एक दिनका लागि स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबारका लागि तय गरिएको बैठक विशेष कारणवश सञ्चालन हुन नसक्ने जनाएको हो।
यसअघि बैठक बिहीबार बिहान ११ बजे बस्ने तय भएको थियो। तर निर्धारित समयमा बैठक सञ्चालन गर्न नसकिने भएपछि सचिवालयले नयाँ मिति र समय तय गरेको छ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार अब प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ।
तपाईको प्रतिक्रिया