शुक्रबार १२ असार २०८३
बिश्वो

भेनेजुएलामा ३९ सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, राजधानी काराकासमा ठूलो क्षति

बिहीबार असार ११, २०८३/ Thursday 06-25-26

भेनेजुएलाको राजधानी काराकाससहित विभिन्न क्षेत्रमा केही सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्प गएपछि व्यापक क्षति भएको आशंका गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको करिब ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु क्यारिबियन तटीय सहर मोरोन नजिक रहेको बताइएको छ, जो काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा पर्छ।

भूकम्पका कारण राजधानीसहित प्रभावित क्षेत्रमा भवन, आवासीय संरचना र पर्खालहरूमा क्षति पुगेको छ भने सडकहरू धूलो र भग्नावशेषले भरिएका छन्। राष्ट्रिय बिदाका कारण धेरै नागरिक घरमै रहेकाले मानवीय क्षति उच्च हुन सक्ने अनुमान गरिएको छ।

भूकम्पपछि हजारौं मानिस घर र कार्यालय छाडेर खुला स्थानमा बस्न बाध्य भएका छन्। सम्भावित ग्यास चुहावट र थप जोखिमलाई ध्यानमा राख्दै केही क्षेत्रमा ग्यास आपूर्ति बन्द गरिएको छ।

उद्धार तथा राहत कार्य तीव्र बनाइएको छ। सेना, प्रहरी, स्वास्थ्यकर्मी र उद्धार टोली प्रभावित क्षेत्रमा खटिएका छन् भने अस्पतालहरूमा घाइतेहरूको चाप बढ्दै गएको छ। भूकम्पको धक्का छिमेकी देश कोलम्बिया सम्म महसुस गरिएको बताइएको छ।

 

तपाईको प्रतिक्रिया