शुक्रबार १२ असार २०८३
खेलकुद

फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा रोक

बिहीबार असार ११, २०८३/ Thursday 06-25-26

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ। फुटबल प्रशासनमा बाह्य हस्तक्षेप भएको निष्कर्षसहित फिफा काउन्सिल ब्युरोले अर्को सूचना जारी नभएसम्मका लागि एन्फामाथि निलम्बन लगाएको हो।

निलम्बन अवधिभर नेपाली राष्ट्रिय टोली तथा क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। यस निर्णयले नेपाली फुटबलका विभिन्न गतिविधि र कार्यक्रमसमेत प्रभावित हुने भएका छन्।

विश्वकप प्रतियोगिता चलिरहेका बेला आएको यस निर्णयले नेपाली फुटबल समर्थकमाझ चिन्ता बढाएको छ। एन्फा यसअघि पनि विभिन्न विवादका कारण फिफाको निगरानी र कारबाहीमा पर्दै आएको थियो।

 

तपाईको प्रतिक्रिया