शुक्रबार १२ असार २०८३
राजनीति

कोशीबाट निशा मेहता सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित

बिहीबार असार ११, २०८३/ Thursday 06-25-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशतर्फको मतपरिणाम सार्वजनिक भएको छ।

सार्वजनिक मतपरिणामअनुसार कोशी प्रदेशबाट निशा मेहताले सर्वाधिक १,८६१ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेकी छन्। उनी रास्वपाकी साविक केन्द्रीय सदस्य तथा वर्तमान स्वास्थ्य मन्त्री हुन्।

यसैगरी, विश्वराज पोखरेलले १,४६० मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् भने शोभा कार्कीले १,२०४ मतसहित तेस्रो स्थान सुरक्षित गरेकी छन्।

कोशी प्रदेशतर्फको केन्द्रीय सदस्य पदका लागि २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए। निर्वाचनको अन्तिम मतगणनासँगै प्रदेशगत मतपरिणाम सार्वजनिक गर्ने क्रम जारी रहेको छ।

 

तपाईको प्रतिक्रिया