शुक्रबार १२ असार २०८३
राजनीति

कर्णालीमा सीता वादी सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित

बिहीबार असार ११, २०८३/ Thursday 06-25-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशतर्फको मतपरिणाम सार्वजनिक गरिएको छ। विद्युतीय मतदानमार्फत प्राप्त मतका आधारमा प्रादेशिक केन्द्रीय सदस्यहरूको नतिजा घोषणा गरिएको हो।

सार्वजनिक मतपरिणामअनुसार कर्णाली प्रदेशबाट सीता वादीले सर्वाधिक १,५४१ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेकी छन्। उनी वर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुन्।

यस्तै, विनिता कठायतले १,५०० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छन् भने टासी ल्हाजोमले १,१३५ मतसहित तेस्रो स्थान हासिल गरेकी छन्।

रास्वपाले महाधिवेशनअन्तर्गत प्रदेशगत केन्द्रीय सदस्यहरूको मतपरिणाम क्रमशः सार्वजनिक गरिरहेको छ। कर्णाली प्रदेशको नतिजासँगै शीर्ष नेताहरूबीचको प्रतिस्पर्धा पनि चासोका साथ हेरिएको छ।

 

तपाईको प्रतिक्रिया