रास्वपा महाधिवेशनः बाजुराका हेमराज थापा २ हजार ३० मतसहित केन्द्रीय सदस्यमा विजयी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेश भूगोलतर्फ बाजुराका थापा विजयी भएका छन्।
विद्युतीय मतदानमार्फत सम्पन्न निर्वाचनमा थापाले २ हजार ३० मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन्। सुदूरपश्चिम प्रदेशबाट भएको प्रतिस्पर्धामा उनले उल्लेखनीय मतान्तरसहित जित हासिल गरेका छन्।
थापा यसअघि प्रतिनिधिसभा निर्वाचनमा बाजुरा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए। चुनावी प्रतिस्पर्धामा पराजित भए पनि उनले पार्टीभित्र आफ्नो सक्रियता र संगठन निर्माणमा निरन्तर भूमिका निर्वाह गर्दै आएका थिए। त्यसैको परिणामस्वरूप महाधिवेशनमा प्रतिनिधिहरूबाट बलियो समर्थन प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएका हुन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया जारी रहेको छ। प्रदेशगत तथा खुलातर्फका विभिन्न पदहरूको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहँदा थापाको विजयलाई सुदूरपश्चिममा पार्टीको संगठन विस्तार र नेतृत्व निर्माणका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया