शुक्रबार १२ असार २०८३
राजनीति

रास्वपा महाधिवेशनः खुलातर्फका ३५ केन्द्रीय सदस्यको नतिजा सार्वजनिक, स्वर्णिम वाग्ले सर्वाधिक मतसहित पहिलो

बिहीबार असार ११, २०८३/ Thursday 06-25-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत खुलातर्फका ३५ केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणामअनुसार डा. स्वर्णिम वाग्ले सर्वाधिक २ हजार ६०७ मत प्राप्त गर्दै खुला केन्द्रीय सदस्यमा पहिलो भएका छन्।

उनलाई २ हजार ५९४ मतसहित सोविता गौतमले पछ्याएकी छन् भने शिशिर खनाल २ हजार ४९५ मतसहित तेस्रो स्थानमा रहेका छन्। यस्तै सागर ढकाल, तोसिमा कार्की, रञ्जु दर्शना, मनिष झा र हरि ढकाल पनि शीर्ष स्थानमा रहँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

रास्वपाले खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चयन गरेको हो। मतपरिणामअनुसार निर्वाचित ३५ केन्द्रीय सदस्यको नामावली यस प्रकार छः

१. डा. स्वर्णिम वाग्ले – २ हजार ६०७ मत
२. सोविता गौतम – २ हजार ५९४ मत
३. शिशिर खनाल – २ हजार ४९५ मत
४. सागर ढकाल – २ हजार ३३३ मत
५. तोसिमा कार्की – २ हजार २५७ मत
६. रञ्जु दर्शना – २ हजार २४९ मत
७. मनिष झा – २ हजार २३७ मत
८. हरि ढकाल – २ हजार २१९ मत
९. कविन्द्र बुर्लाकोटी – २ हजार १८४ मत
१०. विपिन आचार्य – २ हजार १२६ मत
११. रमेश प्रसाईं – २ हजार १२३ मत
१२. बिराजभक्त श्रेष्ठ – २ हजार ९४ मत
१३. निशा डाँगी – २ हजार ८९ मत
१४. इन्दीरा रानामगर – २ हजार ४७ मत
१५. गणेश पराजुली – २ हजार ४५ मत
१६. जगदिश खरेल (ललितपुर) – २ हजार ४४ मत
१७. पुकार बम – २ हजार ३० मत
१८. यज्ञमणी न्यौपाने – १ हजार ९६९ मत
१९. प्रमोद न्यौपाने – १ हजार ८९२ मत
२०. सस्मित पोखरेल – १ हजार ८३३ मत
२१. राजुनाथ पाण्डे – १ हजार ८१२ मत
२२. रिमा विश्वकर्मा – १ हजार ८१० मत
२३. असीम साह – १ हजार ७२८ मत
२४. खगेन्द्र सुनार – १ हजार ७०८ मत
२५. राजीव खत्री – १ हजार ७०१ मत
२६. समीक्षा बास्कोटा – १ हजार ६९९ मत
२७. गणेश कार्की – १ हजार ६९३ मत
२८. जगदिश खरेल (दोलखा) – १ हजार ५१३ मत
२९. लिमा अधिकारी – १ हजार ५०४ मत
३०. टिका संग्रौला – १ हजार ४९० मत
३१. शंकर श्रेष्ठ – १ हजार ४८४ मत
३२. क्रान्तिशीखा धिताल – १ हजार ४७९ मत
३३. आशिका तामाङ – १ हजार ४३० मत
३४. सुदीप ढकाल – १ हजार ४२९ मत
३५. अनुष्का श्रेष्ठ – १ हजार ३५३ मत

 

तपाईको प्रतिक्रिया