मंगलबार १६ असार २०८३
अर्थ

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच?

सोमबार असार १५, २०८३/ Monday 06-29-26

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले घटेर दुई लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। आइतबार भने चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।

तपाईको प्रतिक्रिया