राजनीति
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सेवा दल विधेयक र वार्षिक प्रतिवेदन पेस हुने
बिहीबार असार २५, २०८३/ Thursday 07-09-26
काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ।
संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन (२०८१/८२) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन (२०८१/८२) प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, मन्त्री गौतमले प्रधानमन्त्रीको तर्फबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि सभामा पेश गर्नेछिन्।
बैठकमा उक्त विधेयक पेश गरिनेछ भने ‘नेपाल विशेष ऐन, २०४२’ को साविक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया