शुक्रबार २६ असार २०८३
समाज

राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै

बिहीबार असार २५, २०८३/ Thursday 07-09-26

काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले बिहीबार आत्मदाहको प्रयास गरेका छन्।

प्रहरीका अनुसार ती पुरुषले विभागको मुख्य गेटअगाडि शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेको उपचार भइरहेको छ भने घटनाबारे अनुसन्धान अघि बढाइएको छ।

प्रारम्भिक जानकारीअनुसार ती व्यक्तिले पहिले आफ्नो मोटरसाइकल पार्क गरेका थिए। त्यसपछि अचानक शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन्।

आत्मदाहको प्रयास गर्ने व्यक्तिको परिचय अझै खुल्न सकेको छैन। प्रहरीले उनले यस्तो कदम किन चाले भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया