शुक्रबार २६ असार २०८३
अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, चार अर्ब ६१ करोडको कारोबार

बिहीबार असार २५, २०८३/ Thursday 07-09-26

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। बिहीबारको कारोबारमा नेप्से १९.६७ अंकले घट्दै २६०१.९२ विन्दुमा कायम भएको हो। यसअघि बुधबार पनि बजार ३०.०९ अंकले घटेको थियो।

बजार ओरालो लागेसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ। कारोबारमा सहभागी ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

यस दिन कुल ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ५७ हजार ८६४ पटक किनबेच हुँदा ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबारका क्रममा उपकार लघुवित्त, स्नो रिभर्स लिमिटेड, प्राइम डिबेन्चर, कुमारी सबल योजना र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्।

समूहगत परिसूचकतर्फ भने सबै १३ वटा समूह राताम्मे देखिएका छन्। तीमध्ये व्यापार समूह सबैभन्दा बढी २.३६ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया