शुक्रबार २६ असार २०८३
राजनीति

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा सुनिल पौडेलसहित १८ जनालाई सफाइ

बिहीबार असार २५, २०८३/ Thursday 07-09-26

काठमाडौँ। विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना प्रतिवादीलाई सफाइ दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले बिहीबार सुनुवाइपछि उक्त मुद्दामा अभियोग लागेका सबै १८ जना प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार अदालतले अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाण तथा आधारहरूको मूल्याङ्कनपछि प्रतिवादीहरूलाई कसुरदार ठहर गर्न पर्याप्त आधार नदेखिएकाले सफाइ दिने निर्णय गरेको हो। यद्यपि फैसलाको पूर्णपाठ सार्वजनिक भइसकेको छैन। पूर्णपाठ सार्वजनिक भएपछि अदालतले सफाइ दिनुको कानुनी आधार र तर्क स्पष्ट हुने अपेक्षा गरिएको छ।

यो मुद्दा नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद तथा कार्यान्वयन प्रक्रियामा अनियमितता भएको आरोपसँग सम्बन्धित थियो। सोही प्रकरणमा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित विभिन्न पदमा कार्यरत कर्मचारी तथा सम्बन्धित पक्षविरुद्ध भ्रष्टाचारको अभियोग दर्ता गरिएको थियो।

 

तपाईको प्रतिक्रिया