शनिबार २७ असार २०८३
राजनीति

गणेश नेपाली प्रकरण छानबिन गर्न डीआईजी नेतृत्वमा पाँच सदस्यीय समिति गठन

शुक्रबार असार २६, २०८३/ Friday 07-10-26

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयास र उपचारका क्रममा भएको निधनसँग सम्बन्धित घटनाको छानबिन गर्न सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गृहमन्त्री सुधन गुरुङ ले उक्त जानकारी दिँदै डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन गरिएको बताएका हुन्।

गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष, पारदर्शी र तथ्यपरक छानबिन गरिने प्रतिबद्धता व्यक्त गर्दै दोषी देखिए कानुनबमोजिम कारबाही हुने बताए।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर जलनका कारण उनलाई वीर अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।

उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको हो। घटनापछि यसको कारण, जिम्मेवारी र सम्बन्धित पक्षहरूको भूमिकाबारे विभिन्न प्रश्न उठिरहेका बेला सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको हो।

 

तपाईको प्रतिक्रिया