सोमबार २९ असार २०८३
राजनीति

कीर्तिपुर होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित केही प्रहरी नियन्त्रणमा

शनिबार असार २७, २०८३/ Saturday 07-11-26

काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बागमती नदीको बाढीका कारण होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरू डुबानमा परेपछि अवस्था बुझ्न अन्सारी, सरिश्मा थापालगायतका अभियन्ताहरू त्यहाँ पुगेका थिए। त्यसक्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नियन्त्रणमा परेका अन्सारीले आफूहरूमाथि दुर्व्यवहार भएको आरोप लगाएका छन्। उनका अनुसार प्रहरीले नियन्त्रणमा लिने क्रममा कुटपिट तथा लछारपछार गरेको र त्यसका कारण आफ्नो नाकबाट रगतसमेत बगेको छ।

घटनापछि अन्सारीसहित पक्राउ परेकाहरूलाई हाल कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको बताइएको छ।

यस घटनाबारे प्रहरीले भने औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

 

तपाईको प्रतिक्रिया