सोमबार २९ असार २०८३
समाज

राहदानी छपाइ प्रकरणबारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

आइतबार असार २८, २०८३/ Sunday 07-12-26

काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने भएको छ।

समिति सभापति भरतबहादुर खड्काले राहदानी छपाइसम्बन्धी विषयमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए। उनका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय र राहदानी विभागका सम्बन्धित अधिकारीलाई उपस्थित हुन बोलाइएको छ।

राहदानी खरिद प्रक्रियासँग सम्बन्धित करिब १० अर्ब १३ करोड रुपैयाँको विवादबारे समितिमा उजुरीसमेत परेकाले त्यसबारे विस्तृत छलफल गरिने सभापति खड्काले बताए।

यसअघि असार २३ गते बसेको समितिको बैठकमा राहदानी छपाइ प्रक्रियामा भएको भनिएको भ्रष्टाचार तथा अनियमितताको विषय उठाइएको थियो। त्यसैको निरन्तरतास्वरूप थप छलफलका लागि मंगलबार बैठक बोलाइएको हो।

तपाईको प्रतिक्रिया