सोमबार २९ असार २०८३
अर्थ

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

आइतबार असार २८, २०८३/ Sunday 07-12-26

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको छ। नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार (असार २७) सम्पन्न १९औँ नगरसभाले बजेटसँगै विभिन्न विकास आयोजना अघि बढाउने प्रस्तावहरू पनि स्वीकृत गरेको हो।

नगरसभाले वागेश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिरको विकास, १०८ फिट अग्लो हनुमान मूर्ति निर्माण, व्यापारिक भवन स्थापना, जमुनाहा नाकामा प्रवेशद्वार निर्माण तथा नगर बसपार्क निर्माणका योजनालाई अनुमोदन गरेको छ।

त्यसैगरी, नेपालगन्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिट्टै सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ।

उपमहानगरपालिकाले आगामी बजेटमा दिगो शहरी विकास, आन्तरिक राजस्व वृद्धि, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, ताल तथा उद्यान संरक्षण, हरियाली प्रवर्द्धन र विकास आयोजनाको प्रभावकारी अनुगमनलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया