सोमबार २९ असार २०८३
समाज

सुकुम्वासीको उचित व्यवस्थापन माग गर्दै माइतीघरमा प्रदर्शन

आइतबार असार २८, २०८३/ Sunday 07-12-26

काठमाडौं। सुकुम्वासीहरूलाई वैकल्पिक व्यवस्थापन नगरी हटाउने काम गरिएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।

शनिबार बिहान कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ रहेका सुकुम्वासीहरू प्रभावित बनेका थिए। त्यसैगरी साँझ जेन–जी अभियन्तालाई पक्राउ गरिएको घटनापछि उनीहरूको असन्तुष्टि थप चर्किएको मोर्चाले जनाएको छ।

मोर्चाले उचित व्यवस्थापन, सुरक्षित बसोबासको व्यवस्था र सुकुम्वासीका समस्या समाधान गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेको हो।

 

तपाईको प्रतिक्रिया