काठमाडौं । स्थानीय बजारमा आइतबार सुन र चाँदीको मूल्यमा मिश्रित परिवर्तन देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।
यता, चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घट्दै ४ हजार ४७५ रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ४ हजार ५१० रुपैयाँ प्रतितोला रहेको थियो।
तपाईको प्रतिक्रिया