काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतार प्रस्थान गर्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपतिको सचिवालयका अनुसार मंगलबार भएको भेटका क्रममा उपराष्ट्रपति यादवले आफ्नो आसन्न कतार भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
उपराष्ट्रपति यादव आज दिउँसो ३:३० बजे कतार जाने कार्यक्रम रहेको छ। उनी कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
भ्रमणका क्रममा उपराष्ट्रपति यादवले कतारका वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शोक सन्देश पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया