काठमाडौँ । उपत्यका ट्राफिक प्रहरीले विशेष खोजी अभियान सञ्चालन गर्दै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा दुईपांग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
सोमबार आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले अनुसन्धानका क्रममा बरामद गरिएका मोटरसाइकल र स्कुटर सम्बन्धित मालिकलाई हस्तान्तरण गरेका हुन्।
एसएसपी काफ्लेका अनुसार पछिल्लो एक महिनामा सञ्चालन गरिएको अभियानबाट ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर गरी कुल ५१ वटा दुईपांग्रे सवारी साधन फेला पारिएको हो। चोरी भएका सवारी साधनको खोजीलाई थप प्रभावकारी बनाउन विशेष अभियानलाई निरन्तरता दिइएको उनले बताए।
उनले चोरी भएका सवारी साधन फेला पार्ने अभियान आगामी दिनमा पनि जारी रहने जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया