बुधबार ३१ असार २०८३
अर्थ

नेप्सेमा ३० अंकको गिरावट, कारोबार रकम भने साढे ७ अर्ब नजिक

सोमबार असार २९, २०८३/ Monday 07-13-26

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। बजार ३०.६० अंकले ओरालो लाग्दै २,५७०.१८ विन्दुमा पुगेको हो। बजेट सार्वजनिक भएपछि र मौद्रिक नीति आएयता सेयर बजारमा देखिएको गिरावट सोमबार पनि कायम रह्यो।

कारोबारमा सहभागी अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। नेप्सेका अनुसार २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको मूल्य घटेको छ भने चार कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार कुल ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस अवधिमा ४ करोड १७ लाख २५ हजार कित्ता सेयर ५१ हजार २९५ पटक किनबेच भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सामुदायिक लघुवित्त, सिटिजन बैंक डिबेन्चर, आत्मनिर्भर लघुवित्त, प्रभु बैंक डिबेन्चर र नबिल बैंक डिबेन्चरका लगानीकर्ताले सबैभन्दा बढी प्रतिफल हासिल गरेका छन्।

समूहगत परिसूचकतर्फ भने सबै उपसमूह राताम्मे बने। तीमध्ये होटल तथा पर्यटन समूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ, जसको परिसूचक १.९९ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया