काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयमा छलफल गर्न बोलाइएको उक्त बैठकमा समसामयिक सरकारी एजेन्डामाथि पनि विचार-विमर्श हुने जनाइएको छ।
बैठकमा संसद्को बजेट अधिवेशन अन्त्य गर्ने विषयमा समेत छलफल भई आवश्यक निर्णय हुन सक्ने स्रोतले जनाएको छ। यद्यपि, बैठकको औपचारिक कार्यसूची भने सार्वजनिक गरिएको छैन।
तपाईको प्रतिक्रिया