राजनीति
कर्णाली सरकारका कांग्रेसका चार मन्त्रीले दिए राजीनामा
बुधबार असार ३१, २०८३/ Wednesday 07-15-26
सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले संयुक्त रूपमा राजीनामा दिएका छन्।
राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्।
उनीहरू २०८१ साउनमा मन्त्री बनेका थिए। पार्टीभित्र उनीहरूको कार्यसम्पादनलाई लिएर निरन्तर प्रश्न उठ्दै आएको थियो।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मन्त्रीहरूले राजीनामा दिएको पुष्टि गरेका छन्। मुख्यमन्त्री यामलाल कँडेलले भने हालसम्म राजीनामा स्वीकृत गरिसकेका छैनन्। मुख्यमन्त्री मन्त्रिपरिषद् बैठकमा रहेकाले स्वीकृत हुन बाँकी रहेको स्रोतले जनाएको छ।
तपाईको प्रतिक्रिया