समाज
प्रधानमन्त्रीको राजीनामा र पक्राउ परेका विद्यार्थी नेताको रिहाइ माग्दै अनेरास्ववियुको प्रदर्शन
बुधबार असार ३१, २०८३/ Wednesday 07-15-26
काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा तथा पक्राउ परेका आफ्ना विद्यार्थी नेताहरूको तत्काल रिहाइको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री शाहले नैतिक जिम्मेवारी वहन गर्दै पदबाट राजीनामा दिनुपर्ने माग राखे। उनीहरूले विद्यार्थी नेताहरूको पक्राउप्रति असन्तुष्टि जनाउँदै उनीहरूलाई बिना ढिलाइ रिहा गर्न सरकारसँग आग्रह गरेका छन्।
अनेरास्ववियुले विद्यार्थीमाथिको दमन बन्द गर्न, अभिव्यक्ति र आन्दोलनको अधिकारको सम्मान गर्न तथा पक्राउ परेका सबै विद्यार्थी नेताहरूलाई अविलम्ब रिहा गर्न सरकारलाई चेतावनीसमेत दिएको छ।
तपाईको प्रतिक्रिया