बिहीबार ३२ असार २०८३
खेलकुद

विश्वकप सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्याण्डको ऐतिहासिक भिडन्त आज राती हुँदै

बुधबार असार ३१, २०८३/ Wednesday 07-15-26

काठमाडौँ । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा फुटबलका दुई शक्तिशाली टोली इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दैछन्। एटलान्टामा हुने खेल नेपाली समयअनुसार आज राती १२:४५ बजे सुरु हुनेछ।

२१ वर्षपछि आमनेसामने हुन लागेका यी दुई टोलीबीचको खेललाई विश्व फुटबलकै ठूलो प्रतिस्पर्धाका रूपमा हेरिएको छ। दुवै टोली फाइनल प्रवेशका लागि मैदानमा उत्रिनेछन्।

इङ्गल्याण्डका लागि जुड बेलिङ्घम र ह्यारी केन मुख्य हतियार हुन्। बेलिङ्घमले जारी विश्वकपमा ६ गोल र १ असिस्ट गरेका छन् भने केनले पनि ६ गोल र १ असिस्टसहित उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

अर्जेन्टिनाको नेतृत्व लिओनेल मेसीले गरिरहेका छन्। मेसीले प्रतियोगितामा ८ गोल र २ असिस्ट गर्दै गोल्डेन बुटको दौडमा अग्रता लिएका छन्। त्यस्तै लाउतारो मार्टिनेजले २ गोल र १ असिस्ट गरेका छन्।

पहिलो सेमिफाइनलमा स्पेन फाइनल पुगिसकेको छ। अब इङ्गल्याण्ड र अर्जेन्टिनाबीचको विजेताले विश्वकप उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैले दुवै टोलीका लागि यो खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ।

 

तपाईको प्रतिक्रिया