बुधबार ३१ असार २०८३
राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

मंगलबार असार ३०, २०८३/ Tuesday 07-14-26

काठमाडौं। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।

बैठकले विभिन्न प्रशासनिक, कानुनी तथा सार्वजनिक सरोकारसँग सम्बन्धित पाँच महत्वपूर्ण निर्णय गरेको छ।

मन्त्रिपरिषद्का निर्णयहरू:

– बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।

– सशस्त्र प्रहरी बल, नेपालका खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने।

– अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियोथेरापिस्ट तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने।

– नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी सम्हाल्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गर्ने।

– अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने।

सरकारले यी निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

 

तपाईको प्रतिक्रिया