काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने गरी संसद् १५ दिनका लागि स्थगित गरिएको छ।
बुधबारको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रका मतदाता र नागरिकसँग प्रत्यक्ष संवाद तथा अन्तरक्रियाका लागि पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले बैठक स्थगित गरिएको जानकारी दिए।
सभामुख अर्यालले संसद् लोकतन्त्रको केन्द्रबिन्दु भएको उल्लेख गर्दै जनप्रतिनिधिहरूले संसद् र जनताबीच विश्वास, संवाद र उत्तरदायित्वको सेतुका रूपमा काम गर्नुपर्ने बताए। उनका अनुसार जनताका आवश्यकता, अपेक्षा र आवाजलाई संसद्सम्म पुर्याउने तथा संसद्का निर्णयलाई पुनः जनतामाझ लैजाने दायित्व निर्वाचित प्रतिनिधिहरूको मुख्य जिम्मेवारी हो।
उनले संसदीय अवकाशलाई जनतासँगको भेटघाट, छलफल र सुझाव संकलन गर्ने अवसरका रूपमा उपयोग गर्न सांसदहरूलाई आग्रह गरे।
यसअघि बुधबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको अर्को बैठक १५ दिनपछि बोलाउने निर्णय गरेको थियो।
तपाईको प्रतिक्रिया