बिहीबार ३२ असार २०८३
खेलकुद

उपाधि रक्षा कि नयाँ इतिहास? विश्वकप फाइनलमा स्पेन र अर्जेन्टिनाको महासंग्राम

बिहीबार असार ३२, २०८३/ Thursday 07-16-26

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिका लागि आगामी आइतबार युरोपेली च्याम्पियन स्पेन र साविक विजेता अर्जेन्टिनाबीच फाइनल खेल हुँदैछ। न्युयोर्क–न्युजर्सी स्टेडियममा हुने खेल नेपाली समयअनुसार सोमबार बिहान १२:४५ बजे सुरु हुनेछ।

सन् २०१० पछि पहिलो पटक विश्वकप फाइनलमा पुगेको स्पेनले सेमिफाइनलमा फ्रान्सलाई हराउँदै उपाधि नजिक पुगेको हो। लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाले भने सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

फाइनलमा सबैको नजर अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीमाथि रहनेछ। उनले प्रतियोगितामा ८ गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रता कायम गरेका छन्। स्पेनका मिकेल ओयार्जाबाल ५ गोलसहित टोलीका शीर्ष गोलकर्ता हुन्।

फिफाले यसपटक फाइनलअघि विशेष सांगीतिक प्रस्तुति र विश्वकप इतिहासमै पहिलो पटक ‘हाफ–टाइम शो’ समेत आयोजना गर्ने भएको छ।

 

तपाईको प्रतिक्रिया