शुक्रबार १ श्रावण २०८३
समाज

नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेललाई साढे ८ वर्ष कैद ठहर

बिहीबार असार ३२, २०८३/ Thursday 07-16-26

काठमाडौं । विशेष अदालतले घुस लेनदेनसम्बन्धी मुद्दामा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे आठ वर्ष कैद सजाय सुनाएको छ। अदालतले व्यवसायी दिपक आनन्दसँग घुस मागी भ्रष्टाचार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पौडेललाई घुस प्रकरणमा आठ वर्ष कैद तोकेको छ। साथै, नेपाल सरकारको विशिष्ट तहको पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै थप छ महिना कैद सजाय पनि निर्धारण गरिएको छ।

यसै मुद्दामा घुस दिएको अभियोग लागेका व्यवसायी दिपक आनन्दलाई पनि आठ वर्ष कैद सजाय सुनाइएको छ।

अदालतले घुसस्वरूप लिइएको भनिएको रकम प्रत्यक्ष रूपमा बरामद नभएकाले विगो कायम नगर्ने निर्णय गरेको छ। तर, आरोपित घुस रकम ३ करोड ८ लाख रुपैयाँलाई दामासाहीका आधारमा विभाजन गर्दै पौडेल र आनन्द दुवैलाई जनही १ करोड ५४ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।

तपाईको प्रतिक्रिया