दुई अमेरिकी सैनिकको मृत्युपछि इरानमाथि अमेरिकाको भीषण हवाई आक्रमण
काठमाडौं। जोर्डनमा भएको इरानी ड्रोन तथा मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानमाथि लगातार आठौँ रात पनि हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वीकृतिमा इरानका सैन्य अड्डा, हतियार भण्डारण स्थल तथा रिभोलुसनरी गार्ड्ससँग सम्बन्धित लक्ष्यहरूमा नयाँ चरणको आक्रमण गरिएको हो।
अमेरिकी राष्ट्रपति ट्रम्पले सैनिकको मृत्युप्रति दुःख व्यक्त गर्दै इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिने बताएका छन्। उक्त आक्रमणमा थप चार अमेरिकी सैनिक घाइते भएका छन् भने एकजना अझै बेपत्ता रहेको अमेरिकी सेनाले जनाएको छ।
उता, इरानका सर्वोच्च नेता मुज्तबा खामेनीईले ट्रम्पको अभिव्यक्तिलाई अस्वीकार गर्दै अमेरिका नै हालैका सम्झौता उल्लंघन गर्ने पक्ष भएको आरोप लगाएका छन्। अमेरिकी सेनाका अनुसार पछिल्ला हवाई कारबाहीको मुख्य उद्देश्य होर्मुज जलमार्गमा इरानले सिर्जना गरेको सुरक्षा जोखिम कम गर्नु र व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो। अमेरिका र इरानबीचको तनाव थप चर्किँदै गएको छ।
तपाईको प्रतिक्रिया