मंगलबार ५ श्रावण २०८३
अर्थ

पूँजी बजार सुधारका लागि प्रधानमन्त्री बालेनको प्रतिबद्धता

सोमबार श्रावण ४, २०८३/ Monday 07-20-26

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आर्थिक विकास र समृद्धिका लागि पूँजी बजार सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूँजी बजारका सरोकारवालासँग भएको छलफलमा उनले पूँजी बजारको विकासबाट उद्यमशीलता र रोजगारी बढ्ने उल्लेख गर्दै व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

छलफलमा सरोकारवालाहरूले आईपीओ प्रणाली सुधार, दोस्रो बजारमा माग–आपूर्तिको सन्तुलन, दैनिक कारोबार ३० अर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने वातावरण, मार्जिन कर्जा सहज बनाउने तथा धितोपत्रसम्बन्धी नीतिगत र कानुनी सुधारको माग गरेका थिए।

नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पनि पूँजी बजार सुधारका लागि आवश्यक नीति तथा कानुनी संशोधन प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया